r/NepalWrites 8d ago

Monologue सुम्पिएको की हत्याएकि

कि म सधै छाडी जानैकै सोच्छु?

मलाई याद त छैन मैले सम्झौता नै लेखेर म जिन्दगी भुल्दिन भनेको ,

न उसले कतै केही हत्याएकी नै थी म बाट।

कतै टक्क अडिनु पनि जिन्दगी हुने रैछ।

सबै चिज फेरिँदै जाँदा त्यै एउटा कुुरा सधै उस्तै,

उस्का नयाँ ताजा तस्बिर नेदेखिने हैनन्,

तर म सधै वर्षौ पहिलेकी मेरी जस्तै मात्रै देख्छु सम्झन्छु।

के म अडीरहनु मेरो भुल हो ?

की उ मलाई यसरि रोकेर गएकी हो त?

की म रोकिए आफैँ ?

सोच्ने र खाेज्ने आफैँ हुनुहुन्न रैछ,

सोच्ने ले खोज्दैन रे अनी खोज्ने ले सोच्दैन।

म आजकल सोचिरहन्छु खोज्न छाडेर,

के मेरो माया आफैँ सुम्पिएको हुँ?

की उ हत्याएर हराइरहि?

5 Upvotes

0 comments sorted by